बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित राख्न र स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको छ।
केन्द्रीय कार्यालयका तर्फबाट रोशन पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै इजरायलमाथि हमासले गरेको हमलाको पार्टीले भर्त्सना गरेको उल्लेख छ।
आक्रमणमा परेर घाइते भएकाहरूको उपचार गर्न पार्टीले दूतावासलाई आग्रह पनि गरेको छ।
‘सम्पूर्ण नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गराई स्वदेश फर्काउने प्रक्रियालाई यथाशीघ्र रूपमा अघि बढाउन सरकारलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
साथै इजरायलमा रहेका नेपालीलाई दूतावासमा सम्पर्क गर्न पनि समाजवादी पार्टीले आग्रह गरेको छ।
इजरायलमा चार हजार ५ सय जना केयरगिभर र दुई सय ६५ जना नेपाली विद्यार्थी छन्।
प्रतिक्रिया
Array